Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!
Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!
MyBunny.TV – Cheaper Than Cable • Up to
35% Off Yearly Plans • All
NFL, ESPN, PPV Events Included 🐰
Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!
Start Watching Now
[Chorus: Neetesh Jung Kunwar]
पर्खिदैछु एक्लै म तिमी आउछौ भनेर
खुशी छौ नि उसँग?
मलाई जिउदै जलाएर, मेरो सबै तिम्रै लागि थियो
अब तस्वीर मात्र बाँकी भो
[Verse 1: Yodda]
Yeah, के आउछौ र तिमी (तिमी) फर्केर (फर्केर)
तिमीलाई चुम्ने यी ओठहरू सम्झेर? (सम्झेर)
बस्दैछु त्यही नि (त्यही नि) पर्खेर (पर्खेर)
जादैन यादहरू तिम्रो यो मनबाट सल्केर
बुझ्दिन कहाँ भयो गल्ती, उभ्भिन पउदिन धर्ती
सोच्द छु तिम्रो नयाँ सम्बन्धलाई म जति घर्णा उब्जिन्छ म आफै प्रति
आजकल दिउसै अँध्यारो, जिन्दगी लाग्छ बिरानो
सल्किन्छ मन भित्र आगो, छैन दिन तिमीलाई नसम्झी गाको
शायद मेरो यस्तै थियो भाग्यमा
असम्भव कुरामा नि आस्था राख थिए म
साधारण केटा केही कुरा खास थिएन
बिछोडको चिन्ताले रात भरी जाग थिए म
तर तिमी दिन्थियौ कसम, त्राशहरू मनबाट हुन्थियो पतन
अंगाल थियौ मलाई खुशी हुन्थिएँ म झन
तर थाहा थिएन यसरी हुन्छ खतम
अहिले बान्दिन्छौ उसको अंगालोमा
सजाय पाउदै छु साधारण भाकोमा
राखेछु मुटुलाई पासोमा, राख्द थिए तिमीलाई म हरेक हाँसोमा
तर तिमीले चै राखेनौ साँचो थिएन रहेछ तिमीले दिएका बाँचा, yeah
[Chorus: Neetesh Jung Kunwar]
पर्खिदैछु एक्लै म तिमी आउछौ भनेर
खुशी छौ नि उसँग?
मलाई जिउदै जलाएर, मेरो सबै तिम्रै लागि थियो
अब तस्वीर मात्र बाँकी भो
[Verse 2: Yodda]
Yeah, चाहिदैन आँशु मलाई, स्वीकारी सके सजाय
समयको जिम्मामा छाड् दिएको छु अतितका पिडा मेट्दिनलाई
तर पनि जल्छ मेरो मन, तिमी अंगालछौ अर्को बदन
तिम्रो बारेमा सोच्दिन भन्थिएँ म सोच्दो रहेछु झन
सम्झनाले (सम्झनाले) बताइ रहन्छ तिम्रो बारे (तिम्रो बारे)
अब मसँग र्हयो तस्वीर मात्र
तिम्रो शरीर गर्छ उसले जे चहान्छ (ओ-हो-हो)
Yeah, जब तिमी थियौ मेरो साथ
अरु कोही लाग् थिएन खास
अरु कोही बस् थिएन मन भित्र बास
अरु कोही छैन म सोच्द थिए हामी दुई माझ
अहिले तिमी अरु कै (अरु कै)
कुराहरू गर्द थियौ अर्कै (अर्कै)
खस्दैछु सरदमा पातहरू झरे झै
मलाई मन पर्छ आजकल पानी परेकै
किन कि यो मन मेरो बाझो छ
दुःखका भावना बगाउन खाँचो छ
जिन्दगी हुस्सु र कुहिरोले छाको छ
मस्तिस्क राम्रोसंग नसोच्ने भाको छ
[Chorus: Neetesh Jung Kunwar]
पर्खिदैछु एक्लै म तिमी आउछौ भनेर
खुशी छौ नि उसँग?
मलाई जिउदै जलाएर, मेरो सबै तिम्रै लागि थियो
अब तस्वीर मात्र बाँकी भो
[Outro: Neetesh Jung Kunwar]
अब तस्वीर
अब तस्वीर मात्र बाँकी भो