Bartika Eam Rai
Kaalpanik / Maayajastai
[Lyrics for "Kaalpanik / Maayajastai" in Nepali]

[Verse 1]
सुनेजस्तै बग्ने रहेछ हावाको बेगमा यो झरी
नहुने रहेछ कहिले एकनास
मायाका कुरा नसाटि कलेजीमा गाँसिदियौ
जुनीभरि तिम्रै चाहना कसोगरि साँचिदियौ?
शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु
आखिरीमा सत्य यो पनि रहेछ
चलेसम्म सास चल्ने मुटु

[Chorus]
हावासंगै सोध्छु म
ती मायाजस्ता कुरा
समय जति अघि बढ्यो
उति लाग्छ थियो कल्पना
रु, रु, रु, रु
रु, रु, रु, रु

[Verse 2]
आफूभन्दा बेसी चिनेसरि
थाहै नपाई तिम्रै भएछु म
कति दयनीय भावना पनि
भरोसाको काबिल रहेन यही
एकैछिनमा अपरिचित बोलेका
शब्द ती खै कता गए?
अरु त सबै निको होला
कुनै समयमा संगै बाचेको
संगै नाचेको, संगै हासेको (खै?)
खै? कसरी निको हुने?
[Bridge]
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)
तर पनि मुटु (ना-ना-ना-ना-ना-ना-ना-ना-ना)
तर पनि मुटु चलेकै छ (ना ना-ना-ना)

[Verse 3]
शायद जीवन मेरो
भ्रम नै बेसी भयो
आँखा चिम्लेरै सास सबै
हाम्रो सकिने हो
भेट भए फेरी नचिनेसरि
आफ्नै बाटो लागुला म
प्रश्न यो मनको नसुनेसरि
अगाडी हिंडुला म

[Chorus]
हावासंग सोध्छु म
त्यो जीवनको कुरा
सास अब भन न
कति नै बाकि होला?

[Outro]
रु, रु, रु, रु, रु, रु, रु, रु
रु, रु, रु, रु, रु, रु
रु, रु, रु, रु, रु, रु