Tribal Rain
Hunude Je Hunucha
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै-हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित-भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, "हुनुदे जे हुनुछ" (Oh-oh, oh)
नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डुबी रहे
कसैको आँशुमा हिँडिरहे
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै-हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित-भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, "हुनुदे जे हुनुछ"