Tribal Rain
Manawta
[Verse 1]
आफ्नो भन्ने आफ्नै हुन्छ
परायाको लागि कोही छैन रहेछ यहाँ
पैसा नै ठुलो कुरो
इज्जत र नाम सबैको पाउने आशा, oh

[Chorus]
लु भन, किन डर लाग्छ सबैलाई यहाँ?
लु भन, किन मर्नु बाच्नु छ उस्को हातमा?
लु भन, के हुँदै जादैछ सबै जना?
कोही भन मलाई, किन हराउदै जादैछ मानवता

[Verse 2]
आफ्नै जीवन आफ्नै भन्न नपाउने
कसै न कसैको अघी हामी झुक्नु पर्ने
के ले छुयो हाम्रो आत्मालाई
जसैले लालच र पापको बाटो हिंड्नु पर्ने (Ayy)

[Chorus]
लु भन, किन डर लाग्छ सबैलाई यहाँ?
लु भन, किन मर्नु बाच्नु छ उस्को हातमा?
लु भन, के हुँदै जादैछ सबै जना?
कोही भन मलाई किन हराउदै जादैछ मानवता