Narayan Gopal
Aankha Chhopi Narou Bhani
आँखा छोपी नरोउ भनि
भन्नुपर्याछ
मुटुमाथि ढुंगा राखि
हाँस्नुपर्याछ
आँखा छोपी नरोउ भनि
भन्नुपर्याछ
मुटुमाथि ढुंगा राखि
हाँस्नुपर्याछ
भोली उठी कहाँ जाने
केही थाहा छैन
फर्कि आउने हो कि होईन
केही थाहा छैन
भोली उठी कहाँ जाने
केही थाहा छैन
फर्कि आउने हो कि होईन
केही थाहा छैन
वाचा छिटै आउछु भनि
गर्नुपर्याछ
मुटु माथि ढुंगा राखि
हाँस्नुपर्याछ
छातीभरि गाँउ-बेशी
पखेरीको छाँया
आखाँभरि मेलापात
मायालुको माया
छातीभरि गाँउ-बेशी
पखेरीको छाँया
आखाँभरि मेलापात
मायालुको माया
आफैलाई छाडी कतै
जानुपर्याछ
मुटुमाथि ढुंगा राखि
हाँस्नुपर्याछ
भन्ने कुरा कति थियो
छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी
रह्यो
भन्ने कुरा कति थियो
छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी
रह्यो
कुलचिएर आफैलाई
हिड्नुपर्याछ
मुटुमाथि ढुंगा राखि
हाँस्नुपर्याछ