Yabesh Thapa
Mana ki raani
[Verse 1]
हेरन बतासमा तिम्रो नाम
गुञ्जिरहेछ
हेरन बादलमा पनि तिम्रो मुहारको
तस्बिर रहेछ
आकाशका ताराहरू मा पनि
तिम्रो आँखाको चमक रहेछ
तिमीलाई देखेपछि यो पनि
मुटु घायल भएछ

[Verse 2]
तिम्रो त्यो मधुरो मुस्कान
ती ठूला ठूला आँखाहरू
यो बहकिरहने मनलाई
कसरी मा सम्हालु
मेरो सपनीमा मात्र हैन
बिपनी मा पनि
सधैं भरिलाई हौ न तिमी
मेरी मनकी रानी