Yabesh Thapa
Jhari
[Intro]
समय सँगै
हिड्ने कोशिस
आफैलाई
चिन्ने कोशिस
भागीराछु, डर लाग्छ
कतै यो मन फेरि अल्झि लड्छ (अल्झि लड्छ)

[Verse 1]
यो झरी ओर्ली आकाशमा, घाम आएपछि
ती किरण महसुस गर्न मन छ (मन छ)
यो इन्द्रेणी आई आकाश खुसी भए जस्तै
मलाई नि मुस्कुराउन मन छ (मन छ)
यो चराचुरुङ्गी बतासमा खेलि हिँडे सरी
मलाई नि उडिरहन मन छ (मन छ)
यो क्षितिज माथि
यो संसार पारी
एक्लै बसि सास फेर्न मन छ (मन छ)

[Verse 2]
खोजी रहन्छु आफैलाई
यो भीड भित्र अल्झिरहेको छ कि मेरो
मन?
सोधीबस्छु आफैलाई
के यही नै होर
जीवन?
बर्खामा रुझिरहन्छु
फिक्का लाग्दैछ जिन्दगीका रंगहरू
कोरेका चित्रहरू सँगै
बगिगए भावनाहरू (भावनाहरू)
[Bridge]
अन्धकारमा झस्किएको मन
उज्यालो सम्झिदा मुस्कुराई दियो
पुराना दिन सम्झि यादहरु सँगाली
मनमनै एकान्तमा हिजो झै हाँसिदियो

[Verse 3]
यो अन्धकार गई, ज्योति चम्किए पछि
मलाई नि हाँसखेल गर्न मन छ
यो भौतारी हिँडेको आत्मा कसैसँगै आई
अँगालोमा बाधिरहन मन छ
तर भिझिहिँड्छु आज
छैन कोहि वरिपरी
यो आँशु सँगै बगिरहेछन्
थोप्पा थोप्पा झरी