सुनाउँछु तिमीलाई एउटा मायाको कथा
एउटा पात्र रहेछ, उ मायामा परेछ
एकछिनलाई उ म
भन्नाले अब उसको perspective बाट भन्छु म story
पहिलो दिनको भेटमा हाम्रा आँखाहरु बोले
लजालु मेरो स्वभाव, म मनमनै खुशी भए
एकान्तमै मुस्कुराए
दुई-तीन दिनको कुरा यसरी नै चलिरह्यो
हाम्रा आँखाहरु जुधे, तर बोली कसैको फुटेन
दुबैको आटै जुटेन
भाग्यको आशमा म बसिरेहेथे
केहि हुन्छ की भनी म कुरीरहेथे
समयको बाटो म हेरिरहेथे
अति भो भनि, साहस जुटाएर
उनको अगाडि गई, ठिङ्रीग उभिए
म बोले, तर बोल्दा १०० पल्ट अड्के जस्तो लाग्यो
उनी हाँसिन् मेरो मनको सबै डर भाग्यो
मेरो मुटु खुशी भई छाति भित्रै नाँच्यो
उनले हात अगाडी बडाइन्हा हामीले थामि रह्यौ
दिनहरू बित्दै गए, हामी नजिकियौ
दुई भव्य भिन्न आत्मा हामी एक भयौ
हामी दुईको परिभाषा हामीले माया राख्यौ
बर्षौं बितिगयो हाम्रो माया बढिरह्यो
घनघोर सम्बन्ध हाम्रोमा धेरैको आँखा लाग्यो
माया गार्हो भयो
संसार समाजले हाम्रो माया स्वीकारेने
बाधा विग्न आए हाम्रो हात नछुट्ने थियो
तर अन्तमा छुटि गयो
आवेगना दुवै आफ्नो बाटो लाग्यौ
म पछुताइरहें, तर भन्न डराए
म कुरीबसे, रुए, ध्वस्तै भए
७ वर्ष पछि बुद्धि खुल्यो
उसको खोजीमा लागे
उनी छैन्न् रे, कतै घर बसाई, अन्त्यै बसेछिन् रे
मेरो पर्खाइमा बर्षौं बसिरहेंथिन रे
तर अहिले अर्कै संग कतै खुशी छिन् रे
उनलाई धेरै खोजिरहे, एकदिन देख्न पाए
आफ्नो परिवार संगै उनलाई खुशी देखे
उनको बहुमुल्य मुस्कान हेरी त्यही बसे
उनलाई टाडैबाट बिदाई गरी बाटो लागे
आँखा भरि आशु ओठमा मुस्कान
बुढापाकाले भन्ने गर्छन्
भाग्यमा नलेखे केही नी हुन्न
चित्त बुझाई बसे
मेरो कथा यहिँ समाप्त