Yabesh Thapa
Firfirey
[Verse 1]
यो हावालाई सोधी हेर न
यो आकाशलाई पनि
थाहा छ दिन वितिगो माया
तर रात छदै छ नि
सपनीमा आईरहनु है माया
सताई रहनु मलाई
चन्द्रमा झैँ चकीलो मुहार माया
त्यो सानो कालो टीका लगाई

[Pre-Chorus]
तिम्रो अंगालोको न्यानो स्पर्श कसरी बयान गरुँ
मनमा उथुल पुथुल भएका भावना कहाँ छरुँ
मन चाहन्छ तिम्रै आकृति सधैं हेरी रहन पाउँ
छोडी संसारका रिती तिम्रै अंगालोमा आउँ

[Chorus]
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
जूनतारा पनि खसाईदिउँला तिम्रै नाममा

[Verse 2]
थाहा छ तिम्रा आँखाहरू मा
जुन-तारा सबै छ नि
याद गरिरहनु है माया मलाई
म भए या नभएनी
[Pre-Chorus]
चाहे आकाशलाई सोध, चाहे बादललाई पनि
यो चम्की रहने तारा, चन्द्रमा नि साक्षी छ नि
तिम्रो प्रेमको संगीतमा यो गीत गाईरछु
मन भरी तिम्रै यादले फिरफिरे घुमाइराछु

[Chorus]
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
जूनतारा पनि खसाईदिउँला तिम्रै नाममा

[Verse 3]
मायाको दियो झैँ ननिभाउनु
मलाई बली रहन देऊ
धेरै नि माग्दिन माया
बस्न देऊ तिम्रै छेउ

[Outro]
फिरफिरे घुमाउँला सान्नानी तिम्रै यादमा
मन भित्र खोजी हेर, सधैं छु तिम्रै साथमा