Arthur Gunn
Nyano Ghar
[Verse 1]
लाएको माया भुलाउन गाह्रो छ
थाहा होला तिमीलाई नै
चाहन्छु म धेरै तिमीलाई
हिजो झै भोली पनि त्यसरी नै
बित्यो केहि समय हामी टाढिएको
तर याद बनेछ अझै

[Chorus]
बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साँचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटुमा तिमीलाई नै

[Verse 2]
उडिदेउ पन्छी झै खुल्ला आकाशमा
म बन्छु तिम्रो न्यानो घर
फूली देउ फूल झै आफ्नै बारीमा
तिमी मेरो म तिम्रो घर
जीवनको रङ्ग झै छाउ संसारमा
बनौंला हामी आफ्नै शहर

[Chorus]
बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साँचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटुमा तिमीलाई नै
[Chorus]
बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साँचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटुमा तिमीलाई नै

[Outro]
तिमीलाई नै, तिमीलाई नै