Malai Chodi Mero Chaya, Nepali Song

मलाई छोडी मेरो छायाँ
कतै झरेछ
तिमीसम्म आइपुग्दा
साँझै परेछ

त्यसै कति बिते मेरा
चिसा चिसा रातिहरु
तातो माया संगालेर
खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै
ढलेछ
तिमीसम्म आइपुग्दा
साँझै परेछ

नलेखेको गीत मेरो
पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो
आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै
ज्योति झरेछ
तिमीसम्म आइपुग्दा
साँझै परेछ