Ranga

[Verse 1]
तिम्रो आँखामा डुबि सकेछु
मलाई निकाल्न नखोज
मेरो गीतको भाका बनेछौ
मलाई मात्रै तिमी गाइदेउ न

[Chorus]
जीवन भरिका लागि
सम्झना बनि दिनु
म हाँसी दिउँला सधैं
तिमी हाँसोमा रंग थपि आउनु है

[Verse 2]
बादल बनेरै आए नि हुन्छ
घाम बनेरै छाए पनि
शब्द बनेरै बसे नि हुन्छ
लय बनेरै गाए पनि

[Chorus]
मनको कुनै कुनामा किन
पुरै मनमा बसी दिनु
म हाँसी दिउँला सधैं
तिमी हाँसोमा रंग थपि आउनु है

[Chorus]
जीवन भरिका लागि
सम्झना बनि दिनु
म हाँसी दिउँला सधैं
तिमी हाँसोमा रंग थपि आउनु है